ल अर्थतन्त्रमा डिजी पे

विश्व अर्थतन्त्र डिजिटल हुँदै गइरहेको छ। परम्परागत हिसाबमा गरिने व्यापारमा गरिएको लगानी ‘बालुवामा पानी’ पनि हुन सक्ने अवस्था सिर्जना भइसकेकोमा अब कसैको दुई मत नुहन सक्छ।

तपाईं आफ्नो क्षमताअनुसार र जति बढी प्रविधिमा लगानी गर्नुहुन्छ, त्यति नै मुनाफा कमाउन सक्नुहुन्छ। बजार, व्यापार र जनसंख्याद्वारा परिभाषित भौगोलिक क्षेत्रमा स्थानीय व्यापार साझेदारी। यी विभिन्न राजस्व मोडेलहरू जुन सम्भवतः सबैभन्दा अद्वितीय प्रस्ताव हो।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि नेपालका विभिन्न क्षेत्रले उल्लेख्य फड्को मार्दै आएको पाइन्छ। तीमध्ये सबैभन्दा बढी रुचाइएको र असाध्यै द्रुत गतिमा लामो फड्को मार्न सफल रहेको क्षेत्र वित्तीय क्षेत्र हो। पछिल्ला केही अवधिदेखि हामी जसरी आफ्नो हातमा रहेको मोबाइल फोनबाटै वित्तीय कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूलाई नै जान्छ।

वित्त तथा प्रविधि (फिनान्स एन्ड टेक्नोलोजी) अर्थात ‘फिनटेक’ का रूपमा चिनिँदै आएको यस क्षेत्रमा पछिल्लो समय आमूल परिवर्तन आएको सहजै देख्न सकिन्छ। उदाहरणका लागि किराना पसल होस् वा बिजुलीको महसुल भुक्तानी होस् वा बैंक तथा वित्तीय संस्थाका किस्ता चुक्ता, आज यी सबै डिजिटल भुक्तानीका माध्यमबाट सेकेन्डभै मोबाइल फोनमार्फत पठाउन सकिन्छ।

serious guy entering credit card details while making payment with smartphone on street
Photo by Anete Lusina on Pexels.com

अर्को रमाइलो पक्ष के हो भने अब ट्राफिक प्रहरीलाई तिर्नुपर्ने जरिवाना पनि डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिन्छ। तपाईं घरमा, कार्यालयमा वा बाटोमा हिँड्दा हिँड्दै जहाँ भए पनि बगलीबाट फ्याट्ट मोबाइल झिकेर एक निमेषमै भुक्तानी गर्न सक्नुहुन्छ।

विशेषगरी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीले सिर्जना गरेको बजारले आज डिजिटल कारोबारमा नयाँ र भिन्नै खालको आयाम देखापर्दै आएको छ। कुनै समय आफूले अनलाइनबाट पठाएको रकम ठाउँमा नपुग्ने हो कि भन्ने संकोचलाई डिजिटल कारोबारले पूरै गलत साबित गरिसकेको छ। यही विश्वास र भरोसाका कारण अहिले डिजिटल कारोबारमा बिस्तारै प्रयोगकर्ताको संख्या उल्लेख्य दरमा बढिरहेको छ।

हो, यही डिजिटल कारोबारलाई अर्को उचाइमा लैजान एउटा नयाँ र विल्कुलै भिन्न आयाम बोकेर ‘डिजिी पे’ उपस्थित भएको छ।

डिजी पे एप एक अन्तर्राष्ट्रिय सुरक्षित मापदण्डमा निर्माण गरिएको पूर्णपरीक्षित तथा प्रमाणित डिजिटल भुक्तानी प्रणाली हो जसलाई हाल १ लाखभन्दा बढी ग्राहकले आरामसँग प्रयोग गरिरहेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *